बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” नाराका साथ बालदिवस मनाइयो

दार्चुला । बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बाल दिवस २०८१ दार्चुलासहित देशैभरी मनाइएको छ । दार्चुलाको अधिकांश पालिका र विभिन्न विद्यालयहरूले विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाएका छन् ।

अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा राष्ट्रिय बाल दिवस २०८१ तामाखानी भगवती  आ.वि. अपिहिमाल-४ चाैबिसनमा मनाइएको छ । अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्र सिंह साउदको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भक्त सिंह  ठेकरे बोहराको प्रमुख आतिथ्यताका साथै सामाजिक विकास समिति संयोजक एंवम वडा नम्बर ३ का अध्यक्ष गगन सिंह कार्कीको विशिष्ट आतिथ्यमा विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । अपिहसमाल गाउँपालिकाभित्रका विभिन्न विद्यालयका वि.व्य.स अध्यक्ष तथा प्रधानाध्यापकहरुको आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक मदन राज जोशीले संचालन गर्नुभएको थियो ।

अपिहिमाल गाउँपालिका-४ मा संचालित सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आधारभूत  तह (१-५)  स्तरीय हिसाब दाैड प्रतियोगिता,  नेपाली हिज्जे लेखन प्रतियोगिता र spelling contest संचालन गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीलाई नगद र प्रमाणपत्रसहित सम्मानित गरिएको प्रविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?