राष्ट्रिय शिक्षा दिवस दार्चुलामा पनी मनाइयो

दुर्गादत्त मिश्र, दार्चुला । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस दार्चुलामा पनी मनाइएको छ ।

दिवसको अवसरमा ब्याँस गाउँपालिका भित्रका सम्पुर्ण  विद्यालयहरुको उपस्थितिमा शैक्षिक अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको ब्याँस गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र सिंह कुवँरको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विनोद कुवँर, वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामी पालिकाभरीका विद्यालयहरुका प्रधानाध्यापक,शिक्षक, विद्यार्थी शिक्षाप्रेमी  लगायत सरोकारवालाहरुको उपस्थितिमा शैक्षिक अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको उहाले बताउनुभयो ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला सदरमुकाम खंलगामा अवस्थित महेन्द्र नमुना मावि खलंगामा राष्ट्रिय झण्डा विषयक वक्तृत्वकला प्रतियोगिता तथा विविद् सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको  छ । यस्तै दिवसको अवसरमा लेकमको लटिनाथ नमुना मावि चौपातामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो ।

जिल्लाका अन्य विभिन्न विद्यालयहरुमा पनी राष्ट्रिय शिक्षा दिवस भब्यताका साथ मनाइएको सम्बन्धित विद्यालयहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?