बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाईते

दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । बैतडीको छेलाबाट दशरथचन्द नगरपालिका वडा नम्बर ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भएर विहीवार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटना परि जिपमा सवार ८ जना मध्ये चालकसहित ६ जना घाइते भएका छन् । घाईते मध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् । घाइते मध्ये दशरथचन्द नगरपालिका ३ वरकुरालीका दिलिप नाथलाई थप उपचारका लागी धनगढी लगिएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट ५ मिटर तल खसेको थियो । सल्लाको रुखमा अड्केकाले ठूलो दुर्घटना टरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?