स्ववियुको अक्षयकाेषमा १ लाख ११ हजार सहयाेग गर्ने लेकम गाउँपालिका अध्यक्ष जाेशीकाे घाेषणा

दार्चुला । दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले स्थापना गरेकाे विद्यार्थी छात्रवृत्ति अक्षयकाेषमा रु. १ लाख ११ हजार सहयाेग गर्ने लेकम गाउँपालिका अध्यक्ष रामदत्त जाेशीले घाेषणा गर्नुभएको छ ।

सुक्रवार स्ववियुले आयाेजना गरेकाे विजया दशमी तथा दिपावलीकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान एवम् वादविवाद प्रतियाेगिता कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा बाेल्दै अध्यक्ष जाेशीले साे रकम स्ववियुलाई सहयाेग गर्ने घाेषणा गर्नुभएकाे हाे ।

गरिब, असहाय, जेहेन्दार विद्यार्थी लक्षित गरि स्वतन्त्र विद्यार्थी युनियनले दार्चुला बहुमुखी क्याम्पसमा विद्यार्थी छात्रवृत्ति अक्षयकाेष स्थापना गर्ने निर्णय गरेकाे छ ।

कार्यक्रममा बाेल्दै अध्यक्ष जाेशीले स्वतन्त्र विद्यार्थी युनियनले असल कामकाे सुरुवात गरेकाेले लेकम गाउँपालिकाकाे तर्फबाट सहयाेग गर्ने घाेषणा गर्नुभएको हाे ।

वादविवाद प्रतियाेगितामा ठगुन्ना प्रथम
दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयाेजना गरेकाे वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ । बिजया दशमी तथा शुभदिपावलिकाे अवसरमा शुभकामना आदानप्रदान तथा युवाहरुकाे बढ्दाे बैदेशिक यात्रा रहर कि बाध्यता शीर्षकमा वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे स्ववियु अध्यक्ष कृष्ण धामीले जानकारी दिनुभयाे ।

१८ जना सहभागी प्रतियाेगि विद्यार्थी मध्ये खडक सिह ठगुन्ना प्रथम, ममिता ठगुन्ना द्वितीय र कलावती धामीले तृतीय स्थान प्राप्त गर्नुभएकाे छ । वादविवाद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने हरुलाई क्रमशः नगद रु. २,०००, १५०० र १००० सहित प्रमाणपत्र र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएकाे छ ।

स्वतन्त्र विद्यार्थी युनियन का अध्यक्ष कृष्ण धामीकाे अध्यक्षता तथा लेकम गाउँपालिका अध्यक्ष राम दत्त जाेशीकाे प्रमुख आतिथ्यतामा संचालन भएकाे कार्यक्रममा क्याम्पस प्रमुख नरेन्द्र राज अबस्थी, निवर्तमान क्याम्पस प्रमुख कृष्ण सिह साउद, उप प्राध्यापक धाना धामी, मदन कार्की, माधव अवस्थी, खेमराज भट्ट, अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जाेशी, नेविसंघ का कार्यबाहक अध्यक्ष दिपक खाती लगायतकाे आतिथ्यता रहेकाे अध्यक्ष धामीले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?