बसको ढोकबाट खसेर बैतडीमा सहचालक गम्भीर घाइते

दार्चुला । बैतडीमा बसको ढोकाबाट खसेर बसका सहचालक गम्भीर घाईते हुनुभएको छ । जिल्लाको मेलौली नगरपालिका–७ काडाँका १८ वर्षीय बस सहचालक नविन भट्ट घाईते भएका हुन् ।

महेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको दिपक मल्लले चलाएको पवनदुत यातायातकोे ना ८ ख ६३६१ नम्बरको बस रोक्न खोज्दा सहचालक भट्ट मेलौली नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय तस्सुदेहीमा बसबाट खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताउनुभयो ।

चालकले एक्कासी ब्रेक लगाउदा सहचालक भट्ट घाईते भएको र उहाको धनगढीमा उपचार भइरहेको बताइएको छ । चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?