दार्चुलामा सशर्त अनुदानमा हस्तान्तरण भएका  कार्यक्रम कार्यान्वयन सम्बन्धि दुइ दिने अभिमुखिकरण सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा आर्थिक वर्ष २०८१।८२ मा प्रदेशबाट पाप्त स्थानीय तहमा सशर्त अनुदानमा वित्तिय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन सम्बन्धि दुइ दिने अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तको अध्यक्षतामा उद्धघाटन गरिएको अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो ।

अशोज १३ गते (हिजो) बाट सुरु भएको अभिमुखिकरण कार्यक्रममा  दार्चुलाका नौँ वटै स्थानीय तहका पदाधिकारीहरु लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रदेशबाट सशर्त अनुदानमा पाप्त भएका योजना तथा कार्यक्रमहरु सहज ढंगले सञ्चालन गर्ने,  शिक्षामा देखिएका समस्या चुनौती,  समाधानका उपायहरु माथी छलफल गरिएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा शैक्षिक उन्नयनका लागि निर्देशिका बमोजिम सुशासन कार्यान्वयन, रिर्पोटिङ र सुशासन प्रवद्धन गर्ने लगायत बिषयमा छलफल गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?