दार्चुला । बैतडीमा एम्बुलेन्स दुर्घटना भएको छ । बैतडीबाट डडेल्धुरा जाँदै गरेको जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर –८ खोड्पे नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु प प्र ०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार (आज) दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।
एम्बुलेन्समा गभर्वती महिलासहित तीनजना आफन्त पनि सवार रहेका र उनिहरुलाई सकुशल रहेको तथा अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया