पुर्चौडीको नवनिर्मित प्रशासकीय भवन भोली उद्धघाटन गरिने

दुर्गादत्त मिश्र, दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको विहिवार (भोली) उद्धघाटन गरिने भएको छ ।

कञ्चनपुरको वाइ आर कन्स्टक्सन प्रालीले १० करोड ४५ लाख ८३ हजारमा २०७७ मसिर १६ गते भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले केहि समय पहिले प्रशासकीय भवन निर्माणको काम सकेको थियो ।

नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गर्न विहिवार (भोली) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह पुर्चौडी आउने नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिनुभयो । पुर्चौडी नगरपालिकासंग आफनो भवन नहुदा यसअघि भाडाको घरबाट सेवा सञ्चालन भइरहेको थियो ।

भवनको उद्धघाटन समारोहमा नगरपालिकाका १० वटै वडाका प्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थितिको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?