दार्चुला । बैतडीको पाटनमा ६२ वषीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर–६ का ६२ वर्षीय खडकसिंह भण्डारी विहिवार (आज) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
बुधवारदेखि हराइरहेका भण्डारी आज विहान ९ बजेतिर सुर्नया नदीको किनार तिपडीगाड भन्ने स्थानमा मृत फेला परेका प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।
मृतक भण्डारीको शव पोष्टमार्टपछि आफन्तले बुझाइएको र घटना बारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया