दार्चुला । बैतडीमा अटो दुर्घटना हुदा चार जना घाईते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर– ३ खोचलेक नजिकै सु.प.प्र ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार (आज) दिउँसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो ।
अटो अनियन्त्रित भएर सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सिल्लेगडाबाट खोचलेक तर्फ आउँदै गरेको अटो खोचलेक बजार आसपासकै क्षेत्रमा दुर्घटना हुदा एक जना गर्भवती महिला सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयो ।
घाईते हुनेमा दोगडाकेदर गाउँपालिका २ की २५ बर्षिया पार्वती जोशी, ४५ बर्षिया बसन्ती जोशी ,२५ बर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका ९ का २० बर्षीया हिरा सार्की रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ९ का २२ बर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया