आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्र्तरगत नेपालले आज अमेरिकासँग खेल्दै

दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला अस्तिदेखि शुरु भएको हो ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।

लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?