देशका पहाडी भागमा मौसम बदलीः केहि ठाउँमा हल्का वर्षाको सम्भावना

दार्चुला । देशका पहाडी क्षेत्रमा आज हल्का वर्षाको सम्भावना रहेको छ । आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । ती क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । केहि पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?