दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको अपिहिमालमा कार्तिक ७ गतेबाट सञ्चालन भएको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर–१९ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
आईतवार (आज) अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, प्रदेश सभा सदस्य मान बहादुर धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।
समापन शत्रमा सम्र्पुण वडाका वडा अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापक, तथा खेलप्रेमीहरुको उपस्थितिमा एंव आतिथ्यता रहेको थियो । सात वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि वडा नम्बर–१ को अपि अलस्टारको टिमले हात पारेको छ ।
यस्तै वडा नम्बर–४ को खण्डेश्वरी टाइगर्सको टिम उप–बिजेता बनेको छ । बिजेता अपि अलस्टारको टिमले नगद रु ३० हजार १ सय ९९ ट्रर्फी तथा मेडल र उप–बिजेता खण्डेश्वरी टाइगर्सले नगद रु २० हजार १ सय ९९ ट्रर्फी तथा मेडल पाप्त गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया