दार्चुला । बझाङमा यात्रु सवार जीप दुर्घटना भएको छ।
जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्बर ११ भोपुर स्थित आर्मी ब्यारेक नजिक बा १८ च ५१४९ नम्बरको जीप आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीपमा सात जना यात्रु सवार रहेको र चार जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका–११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षीय शंकर धामी रहेका छन्।
उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। जीप चालक तलकोट गाउँपालिका–१ बस्ने २३ वर्षीय नबिन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया