दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर– ६ पन्ज्यूनयाँमा सम्पन्न तेस्रो संस्करणको पन्ज्यूनयाँ क्रिकेट लिगको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले हात पारेको छ । सोमवार (आज) सम्पन्न फाइनल खेलमा बस्कोट सुपर किङस बी टिमलाई ५ विकेटले हराउदै हुनैनाथ मालिकार्जुन क्लबले उपाधि जितेको हो ।
उपाधिसंगै हुनैनाथ मालिकार्जुनले नगद रु १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बस्कोटले ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पाप्त गरेको छ । जितका लागि ८२ रनको सामान्य लक्ष्य पाएको हुनैनाथले १०.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।
सेमिफाइनलबाट बाहिरिएको आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङस ए टिमले समान १०÷१० हजार पुरस्कार पाप्त गरेका छन् । प्रतियोगितामा बस्कोट सुपर किङस ए का खेलाडी प्रदीप चन्द म्यान अफ द सिरिज चुनिनुभएको छ । उनले ११ हजार १११ पुरस्कार पाप्त गरेका छन् ।
बस्कोट ए का शुसिल शर्मा बेस्ट ब्याटर र शुसितम युवा क्लब बी का मनोज कार्की बेस्ट बलर चुनिदै समान ७ हजार ७७७ रुपैयाँ पुरस्कार पाएका छन् ।यस्तै शुसितम युवा क्लब ए का सुदीप कार्की उदयीमान खेलाडी हुँदै ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया