लेकम गाउँपालिकाद्धारा रिठाचौपातामा चाडपर्व लक्षित बजार अनुगमन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरीरहेको छ । शुभ दिपावली, छठ पर्व लगायत चाडपर्वहरुलाई लक्षित गर्दै वडा नम्बर–५ को रिठाचौपाता बजार क्षेत्रमा बजार अनुगमन गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

सोमवार (आज) लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको नेत्तृत्वमा रिठाचौपाताका ८ वटा पसल तथा एक मेडिकलमा बिक्रि, बितरणको लागि राखिएका साम्रगी तथा औषधीहरुको अनुगमन गरिएको छ । अनुगमन टोलीमा लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, गाउँपालिकाका कृषि अधिकृत गजेन्द्र नाथ, ईलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख नन्दराज बडू, वडा नम्बर–५ का वडा सचिव, जनप्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा उक्त बजारका पसलहरुमा म्याद नाधेका साम्रगीहरु नभेटिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसवर्ष जिल्लाका नौँ वटै स्थानीय तहहरुलाई चाडपर्व लक्षीत बजार अनुगमन गर्न परीपत्र गरेको छ । चाडपर्वका बेला म्याद नाघेका बस्तुहरुको बिक्रिबितरण नगर्न व्यापारीहरुलाई अनुगमन टोलीले आग्रह गरेको छ ।  यसअघि लेकम गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न बजारहरुमा बजार अनुगमन गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?