सुनको भाउमा नयाँ कीर्तिमानः तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

दार्चुला । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

विशेषगरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुका सामग्री किन्ने चलन छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?