दिपेन्द्र स्मृति भलिबल प्रतियोगिता उद्घाटन, राष्ट्रिय खेलाडी निरूतालाई नगदसहित सम्मान

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दिपेन्द्र स्मृति पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानकाे आयाेजना तथा मालिकार्जुन गाउँपालिका दार्चुलाले प्रयाेजन गरेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता मंगलबार (आज) उद्घाटन गरिएको हो ।

उक्त प्रतियोगिता उद्घाटन समारोहमा नेपाली महिला राष्ट्रिय भलिबल टिमकी खेलाडी निरुता ठगुन्नालाई मालिकार्जुन गाउँपालिकाले सम्मान गरेको छ । दशैँ तिहार पर्वको अवसरमा गृह जिल्ला दार्चुला पुगेकी  ठगुन्नालाई मालिकार्जुन गाउँपालिकाले सम्मान गरेको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि  पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र विशिष्ट अतिथि मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी ठगुन्नालाई नगद ५० हजार र सम्मानपत्र सहित सम्मानित गर्नुभएको हो ।

दार्चुलाको नौगाडमा जन्मिएर नेपाली राष्ट्रिय भलिबल टिममा छनौट हुनु जिल्लाकै गौरवको विषय भएकोले उहाँलाई सम्मानपत्र सहित सम्मानित गरेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनुभयो । खेलाडी निरुता ठगुन्नाको घर नौगाड गाउँपालिका वडा नम्बर–६ धुलिगाडा हो ।

यस्तै उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर २ घर भएका सुदूरपश्चिम भलिबल टिमका टिम क्याप्टेन नवराज धामी र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ घर भएमा भलिबल खेलाडी बलदेव सिंह धामीलाई पनि खादा र सम्मान पत्रसहित गाउँपालिकाले सम्मानित गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?