मालिकार्जुनमा धन्वन्तरी पूजा सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी पूजा गरेको छ ।

गाउँपालिकाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजनामा वडा नम्बर–८ बाडीगाउँ (पस्ती) मा अवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको नयाँ भवनमा धन्वन्तरी पूजा गरिएको मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज प्रशाद जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरज प्रशाद जोशी, आयुर्वेद शाखाका बैद्य निरीक्षक दिवाकर जोशी, विभिन्न शाखाका शाखागत कर्मचारी, विद्यालयका प्रध्यानाध्यापक, वुद्दिजीवी, स्थानीय समाजसेवी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले शुभ दिपावली छठ पर्व लगायत चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै धन्वन्तरी पूजा एंव प्रशाद ग्रहण गरेको बताइएको छ ।

आजकै दिन देशभरीका आयुर्वेद स्वास्थ्य संस्थाहरुमा बनजगलमा पाईने जडीबुटीमा आधारित आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?