दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–२ को सल्ला र कुणीमा २५÷२५ केभी प्रशारण क्षमताका विद्युत टान्सर्फमर जडान गरिएका छन् ।
दार्चुला डोल्पा ग्रामीण विद्युतीकरण आयोजनाले लेकम गाउँपालिकाभरी विद्युतिकरणको काम गरिरहेको र हालसम्म ७५ प्रतिशत विद्युत प्रवाहको काम सम्पन्न भएको दार्चुला विद्युत वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा कम्पनीले नै निर्माण सम्पन्न गर्ने गरी विद्युतिकरणको काम गरिरहेको उहाले बताउनुभयो ।
हिजो र आज गरि वडा नम्बर–२ को कुणी र सल्लामा २५÷२५ केभी प्रशारण क्षमताका विद्युत टान्सर्फमर जडान कार्य सम्पन्न भएको बताइएको छ । तीन वटा लोड सेन्टर रहेको वडा नम्बर २ मा सल्ला र कुणीमा टान्सर्फमर जडान कार्य सकिएको र पिपलकोटमा पनी पोल गाडने काम सम्पन्न भएको तथा तार जडान लगायत अन्य काम लगत्तै सूचारु हुने वडा अध्यक्ष शिवराज जोशीले बताउनुभयो ।
दार्चुला डोल्पा ग्रामीण विद्युतीकरण आयोजनाले दार्चुलाको शैल्यशिखर नगरपालिका पछि दोस्रो नम्बरमा लेकमको वडा नम्बर–२ मा काम गरिरहेको अध्यक्ष जोशीले बताउनुभयो । जडान सम्पन्न विद्युत टान्सर्फमरहरु लगत्तै चार्ज गरेर विद्युत सूचारु गरिने बताइएको छ ।
टान्सर्फमर जडान भएपछी गाउँमा विद्युत बल्ने भन्दै स्थानीय खुशी भएका छन् । दार्चुलाका बाकीँ रहेका क्षेत्रहरुमा पनी विद्युतिकरणको काम जारी रहेको दार्चुला विद्युत वितरण केन्द्रले जनाएको छ । हालसम्म जिल्लाभरी ८५ प्रतिशत विद्युतिकरणको काम सम्पन्न भएको केन्द्रले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया