दुर्गादत्त मिश्र, दार्चुला । सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाई दिन्छु भनी विश्वास दिलाएर पटक पटक गरी ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार रहेका थिए ।
बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट विकलाई नियन्त्रणमा लिएको हो । विकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगी सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया