दार्चुला घर भइ डोटीमा कार्यरत वरिष्ठ हल्दार धामीको धनगढीमा मृत्यु

दार्चुला । दार्चुला घर भई डोटीको घाङल प्रहरी चौकीमा कार्यरत वरिष्ठ हल्दार केशवसिंह धामीको धनगढीमा मृत्यु भएको छ। ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल लगिएका प्रहरी वरिष्ठ हवलदार धामीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टले हिजो राति ८ः३० बजेको समयमा धामी बेहोस भएको जानकारी दिनुभयो । दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी लगिएको थियो।

तर, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । धामीको पोस्टमार्टम भएको छैन। मृत्युको कारणसमेत खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?