दार्चुलामा भोलीबाट रात्रीजात्रा लाग्दै

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा दीपावली सम्पन्न भएसगै (भाइटीका) तथा रात्रीजात्राहरुको रौनकता छाएको छ । यस वर्षको भाइटीका कार्तिक १८ गते (भोली) परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभ साइत रहेको छ । यदपी भोली दिनभरीनै टिका ग्रहण गर्न सकिने बताइएको छ ।

भाइबहिनीहरुलाई टिका थाप्नको लागि आज विभिन्न क्षेत्रमा आवतजावत गर्नेहरुको संख्या उल्लेख्य रहेको थियो । यस्तै दार्चुलाका विभिन्न शक्तिपिठहरुमा भोलीबाट रात्रीजात्रा लाग्ने भएका छन् ।

कार्तिक शुक्लपक्षको द्वितीया तिथीबाट सुरु हुने रात्रीजात्रा कार्तिक शुक्लपक्षको पुर्णिमा तिथीमा समापन हुने ज्योतिश इन्द्र देब जोशीले जानकारी दिनुभयो । भोली शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा अवस्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुनको वडा नम्बर–३ मा अवस्थित चौड मन्दिरमा रात्रीकालीन तथा लेकमको लटिनाथ मन्दिर मैखोलीमा दिवाजात्रा लाग्ने सम्बन्धित मन्दिर व्यवस्थापन समितीहरुले बताएका छन् ।

यस्तै लेकमकै प्रशिद्ध लटिनाथ मन्दिर जयपुरमा कार्तिक २५ गते, राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर मडमा कार्तिक २९ गते रात्रीजात्रा लाग्ने भएको छ । कार्तिक शुक्लपक्षको पुर्णिमा तिथीमा लेकमको कुणी र पातीमा अन्तिम जात्रा लाग्ने छन् ।

उक्त मन्दिरहरुमा रात्रीजात्राहरुको लागि आवश्यक तयारी पुरा भएको सम्बन्धित मन्दिर व्यवस्थापन समितिहरुले बताएका छन् । रात्रीजात्राहरुलाई सुरक्षीत र मर्यादित बनाउन प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने भएको छ ।

भोली मालिकार्जुनको चौडमा लाग्ने जात्रामा सुरक्षाको लागि ५० जना र शैल्यशिखरको बन्तोलीमा लाग्ने जात्राको लागि ५५ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जात्राहरुमा अमर्यादित क्रियाकलाप तथा जाडरक्सी सेवन नर्गन नगराउन प्रशासनले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?