दार्चुला । बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ।
शनिवार दिउसो १२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालको टोकाइबाट थलारा गाउँपालिका वडा नम्बर–२ डोरगाउँका ३ वर्षीय बालक सुरबिर खाती र ५ वर्षीया बालिका सिया खातिको मृत्यु भएको हो। अरिङगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र खातीले बताउनुभएको छ ।
घाइते हुनेमा ७ वर्षीया सुमि खाती उनकि आमा डम्मरा खाती र बजै रहेकि छिन्। उनिहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ। तिहारको मुखैमा बालबालिकाको मुत्युले सिंगो गाउँ सोकमग्न बनेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




