दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा जात्रा हेर्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–८ सल्याडीका ३५ वर्षीय शंकर सिंह धामीको कार्तिक १८ गते राती शैल्यशिखर नगरपालिका वडा नम्बर–६ पनेबाज नजिकै भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
मृत्तक धामी मालिकार्जुनको चौड जात्रा हेर्न गएको र हिजो अबेरसम्म घर नफर्किएपछी खोजी गर्दा उक्त क्षेत्रमा मृत्त अवस्थामा फेला परेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
शवको पोष्टमाष्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया