डिलाशैनीको बाईममा युवाक्लबद्धारा चन्दा संकलन गरि सामाजिक कार्यमा प्रयोग गरिने साम्रगी खरिद

दुर्गादत्त मिश्र, दार्चुला । आफनो गाउँ आफै बनाउ भन्ने नाराका साथ बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–७ का युवाहरुले चन्दा संकलन गरि सामाजिक कार्यमा प्रयोग गरिने भाडाकुडा खरिद गरेका छन् ।

बाईम युवा क्लबमा आवद्ध युवाहरु तथा अन्य स्थानीयबाट ४० हजार ७ सय ८० रुपैयाँ चन्दा संकलन गरि ५० वटा थाल, ५० गिलास, कचौरा, डाडु पनियो ढाकन डेक लगायतका साम्रगीहरु खरिद गरेको युवा क्लबका नेत्तृत्वकर्ता एंव समाजसेवी प्रदिप कुमार जोशीले जानकारी दिनुभयो ।

गाउँमा भोजभतेर, विवाह बन्धन तथा सामाजिक कार्यमा आवश्यकता पर्दा भाडाकुडा प्रयोग गर्न सकिने जोशीले बताउनुभयो । चन्दा दान गर्ने सम्र्पुणमा बाईम युवा क्लबले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?