रात्रीजात्राको रौनकताः हुनैनाथमा २४, जयपुरमा २५, मालिकार्जुनमा २९ र कुणीमा ३० गते

दार्चुला । दार्चुलाको लेकम क्षेत्रमा रात्रीजात्राहरूको रौनकता छाएको छ । कात्तिक शुक्लपक्षको द्वितीया तिथिबाट रात्रीजात्रा सुरु भएका छन् । जिल्लाका बन्तोली, मैखोली, चौड भगवती लगायत विभिन्न शक्तिपिठहरुमा द्वितीया तिथिमा लागेका जात्रा सम्पन्न भएका छन् ।

लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ मन्दिर जयपुरमा यहीँ कात्तिक २५ गते नवमी तिथिमा र मालिकार्जुन मन्दिर मडमा कात्तिक २९ गते चतुर्दशी तिथिमा रात्रीजात्रा लाग्ने भएको छ । लटिनाथ मन्दिर जयपुर र मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्रामा दार्चुला, बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रबाट पूजापाठ तथा जात्रा अवलोकनको लागि भक्तजनहरु आउने गरेका छन् ।

लटिनाथ मन्दिर जयपुर व्यवस्थापन समितिले जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन बिक्रि–बितरण र जुवातास खेल्न खेलाउन पुर्ण रुपमा निषेध गरिएको जनाएको छ ।

दार्चुलाको लेकम गार्खा तथा जिल्लाभरीका विभिन्न शक्तिपिठहरुमा रात्री जात्राहरु लाग्ने गरेका छन् । २०८१ साल कात्तिक २१ गते (आज) लेकमको केदारधुरा, थला, २३ गते मालिकार्जुनको पौडी मन्दिरमा, २४ गते लेकमको सर्मोली धुरा, मालिकार्जुनको औतालेक, कुणी, मानविसा पोखललेक, २५ गते लटिनाथ मन्दिर जयपुर, २६ गते लेकमको तम्भेली सल्लामा, मैखोली सलानी डाडावाग मन्दिरमा, २८ गते शिखरधुरामा पुजन जात्रा, २९ गते राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मडका साथै मालिकार्जुन मन्दिर मैखोली, उचाकोट, गराडी र कार्तिक ३० गते लेकमको कुणी भगवती, खरकडा पाती, शैल्यशिखरको झरकडा लगायतका क्षेत्रमा अन्तिम जात्रा लाग्ने छन् ।

जिल्लाका विभिन्न शक्तिपिठहरुमा लाग्ने जात्राहरुलाई मर्यादित र व्यवस्थित बनाउन प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्राहरूमा व्यवस्थापन समितिसंगको समन्वयमा सुरक्षा तैनाथ गरिएको बताइएको छ । दार्चुला, बैतडी, डडेल्धुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा कात्तिक महिनाको विभिन्न तिथिमा दिउँसो र राति जात्रा लाग्ने गरेका छन् ।

जात्रामा भक्तजनले पुजाआजा गर्नुका साथै दमाहा लगायत बाजाहरू बजाउने, डेउडा खेल खेल्ने लगायत सांस्कृतिक गतिविधि गर्ने गरेका छन् । जात्राका लागि पहाड पुर्ख्यौँली घर भइ तराई र अन्यत्र बसोबास भएका तथा कामको सिलसिलामा गाउँ र देश बाहिर गएकाहरू समेत गाउँ फर्किने गरेका छन् । टाढाका आफन्त, इष्टमित्र, शुभचिन्तकहरू समेत आउने भएकोले जात्रालाई भेटघाट र सुखदुःख आदानप्रदान गर्ने अवसरका रूपमा समेत लिने गरिन्छ । जात्राहरूको सामाजिक र सांस्कृतिक महत्त्व रहेको छ ।

लेकम क्षेत्रका केही प्रशिद्व शक्तिपिठहरू

मालिकार्जुन मन्दिर, मड

लटिनाथ (जयपुर) मन्दिर, चौपाता

हुनैनाथ मन्दिर औतालेक

हुनैनाथ मन्दिर सर्मोली धुरा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?