जयपुर जात्राको दिन लेकम गाउँपालिकाभरी सार्वजनिक विदा, मदिरा र जुवातास निषेधित

दार्चुला । दार्चुलाको लेकम क्षेत्रकै प्रशिद्द जयपुर मन्दिरमा लाग्ने रात्रीजात्राको अवसरमा कात्तिक २५ गते लेकम गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

लेकम गाउँपालिकाले कात्तिक २३ गते (आज) गरेको निर्णय अनुसार जयपुर जात्राको अवसरमा कार्तिक २५ गते पालिका मातहतका सम्पुर्ण कार्यालयहरु, सामुदायिक शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरू (आकस्मिक बाहेक) मा कात्तिक २५ गते सार्वजनिक विदा कायम गरिएको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

जिल्लाका विभिन्न शक्तिपिठहरुमा लाग्ने जात्राहरुको रौनकता छाएको छ । जात्रालाई मर्यादित र व्यवस्थित बनाउन प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्राहरूमा व्यवस्थापन समितिसंगको समन्वयमा सुरक्षा तैनाथ गरिएको र जात्रा अवधिभरी मदिरा सेवान, बेचबिखन तथा ओसारपसार र जुवातास खेल्न खेलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला, बैतडी, डडेल्धुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा कात्तिक महिनाको विभिन्न तिथिमा दिउँसो र राति जात्रा लाग्ने गरेका छन् । दार्चुलामा कात्तिक २३ गते मालिकार्जुनको पौडी मन्दिरमा, २४ गते लेकमको सर्मोली धुरा, मालिकार्जुनको औतालेक, कुणी, मानविसा पोखललेक, २५ गते लटिनाथ मन्दिर जयपुर, २६ गते लेकमको तम्भेली सल्लामा, मैखोली सलानी डाडावाग मन्दिरमा, २८ गते शिखरधुरामा पुजन जात्रा, २९ गते राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मडका साथै मालिकार्जुन मन्दिर मैखोली, उचाकोट, गराडी र कात्तिक ३० गते लेकमको कुणी भगवती, खरकडा पाती, शैल्यशिखरको झरकडा लगायतका क्षेत्रमा अन्तिम जात्रा लाग्ने छन् ।

जात्रामा भक्तजनले पुजाआजा गर्नुका साथै दमाहा लगायत बाजाहरू बजाउने, डेउडा खेल खेल्ने लगायत सांस्कृतिक गतिविधि गर्ने गरेका छन् । जात्राका लागि पहाड पुर्ख्यौँली घर भइ तराई र अन्यत्र बसोबास भएका तथा कामको सिलसिलामा गाउँ र देश बाहिर गएकाहरू समेत गाउँ फर्किने गरेका छन् । टाढाका आफन्त, इष्टमित्र, शुभचिन्तकहरू समेत आउने भएकोले जात्रालाई भेटघाट र सुखदुःख आदानप्रदान गर्ने अवसरका रूपमा समेत लिने गरिन्छ । जात्राहरूको सामाजिक र सांस्कृतिक महत्त्व रहेको छ ।

जयपुर जात्राका शान्ति सुरक्षामा लागि ६८ जना प्रहरी खटाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?