दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर–५ का १९ वर्षीय विरेन्द्र सिंह धामी र वडा नम्बर–४ का २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्नालाई लागुऔषध सहित आज बिहान गोकुलेश्वरबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जीपलाई चेकजाँच गर्ने क्रममा ९ सय मिलिग्राम लागुऔषधसहित दुबै जनालाई अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले प्रकाउ गरेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया