दार्चुला । नेकपा (एमाले) ले नौगाड गाउँपालिका वडा नम्बर ४ मा वडा कमिटी बैठक सम्पन्न गरेको छ । नाैगाड-४ सिप्टीमा शुक्रबार (आज) बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको एमाले नौगाड गाउँकमिटी उपसचिव जयभानसिंह धामीले जानकारी दिनुभयो ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, जिल्ला कमिटी सदस्य मंगल सिंह ठगुन्ना, नारन्ती महता, नौगाड गाउँकमिटी उपाध्यक्ष रामसिंह ठगुन्ना, सचिव हरमल सिंह ठगुन्ना, उपसचिव जयभानसिंह धामी र जानकी ठगुन्ना, वडा कमिटी अध्यक्ष नन्दनसिंह धामी लगायत नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच एमाले प्रदेश कमिटी सदस्य प्रेमसिंह धामी गाउँघरमा पुगेर कार्यकर्ता तथा जनताहरूसंग भेटघाट गरिरहेको उपसचिव धामीले बताउनुभयो ।
नौगाडको सिप्टी लगायत विभिन्न बस्ती र मार्मा गाउँपालिका वडा नम्बर ६ का गाउँ बस्तीमा नेता धामीको उपस्थितिमा जनताहरूसंग भेटघाट गरिएको मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सन्तोषसिंह कोट्टारीले बताउनुभयो । जनतासँगको भेटघाटका क्रममा जनताका सुखदुःख सुन्ने र सरकारले गरिरहेका कामबारे जानकारी गराउदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया