दार्चुलामा हाईस दुर्घटना पाँच जना घाईते

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा हाईस  दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–९ नकतड (पालड) चेक पोष्ट नजिकै सडकमा हाईस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खंलगाबाट महेन्द्रनगर तर्फ जादै गरेको भिमदत्त नगरपालिका वडा नम्बर–१२ का ४४ वर्षीय रामबहादुर महराले चलाएको बा ५ ख ५२६५ नम्बरको हाईस  शनिवार बिहान ९ः१५ बजे ब्रेक फेल भएर  नकतड (पालड) मा दुर्घटना भएको सूचना अधिकारी जोशीले बताउनुभयो । १७ जना सवार हाईसमा पाँच जना घाईते भएका छन्।

घाईते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय नाती हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिकाकी ४० वर्षीया बसन्ती बिष्ट र सहचालक बर्दगोरीयाका २२ वर्षीय रोहित सुवार रहेका छन् ।

घाईतेहरुको गोकुलेश्वरको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको र  सबैको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?