लेकमकै प्रशिद्द जयपुर जात्रा आज, मन्दिरमा विहानैबाट भक्तजनको भिड

दुर्गादत्त मिश्र, दार्चुला । लेकम क्षेत्रकै प्रशिद्द लटिनाथ मन्दिर जयपुरमा आज रात्रीजात्रा लाग्ने भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ मा अवस्थित लटिनाथ मन्दिर जयपुरमा कार्तिक शुक्लपक्षको नवमी तिथीमा लाग्ने जात्रा यस बर्ष कार्तिक २५ गते (आज) लाग्ने भएको हो ।

जात्राको लागि आवश्यक तयारी पुरा भएको र ११ बजेतिर मन्दिरमा भराण लगिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रालाई मर्यादित बनाउन प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने भएको छ ।  जात्रामा शान्ती, सुरक्षाका लागि  ६८ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जात्रामा जाडरक्सी सेवन, बिक्रि, बितरण जुवा तास खेल्न खेलाउन तथा अमर्यादित क्रियाकलाप नगर्न नगराउन प्रशासनले सूचित गरेको छ । जयपुर जात्राको अवसरमा लेकम गाउँपालिकाले आज गाउँपालिकाभरी सार्वजनिक बिदा दिएको छ । मन्दिरमा पूजाआजा गर्ने भक्तजनहरुको विहानैबाट भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?