दुर्गादत्त मिश्र, दार्चुला । नेपालीहरुको महान चाड बडा दशैँ, तिहार लगायत चाडपर्वहरुलाई मध्यनजर गर्दै दार्चुलामा स्थापना गरिएका यात्रु सहायता कक्षहरुबाट ६१८ जनाले सेवा लिएका छन् ।
जिल्लाका लटिनाथ, गोकुलेश्वर, लाली, दत्तु, जोलजिवी, तिग्रमघाट र पुलघाट लगायतका यात्रु सहायता कक्षबाट ३४८ जना महिला र २७० जना पुरुष गरी कुल ६१८ जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
यात्राका क्रममा सरसामान हराएको, बढी भाडा लिएको, यात्राका क्रममा हुने अन्य गुनासो लिएर स्थानीय यात्रु सहायता कक्षमा आएको बताइएको छ । दशैं तिहारका बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर जिल्लामा प्रहरीले यात्रु सहायता कक्षबाट सेवा प्रवाह गर्दै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया