दार्चुला । दार्चुलाको प्रशिद्द जयपुर जात्रा सुरु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ मा अवस्थित लटिनाथ मन्दिर जयपुरमा ९आज० कात्तिक शुक्लपक्षको नवमी तिथीमा लाग्ने जात्रा दिउँसो २ बजे मन्दिरमा भराण पुर्याएसगै औपचारिक रुपमा सुभारम्भ भएको हो । भण्डारी घर रिठाबाट दिउँसो २ बजे मन्दिरका पुजारी, स्थानीय लगायत भक्तजनहरुले मन्दिरमा दमाहा बाजा सगै भराण पुर्याएका छन् ।
भराण सगै लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, भक्तजनहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतले लटिनाथ मन्दिरमा पुजाअर्चना समेत गरेका छन् । अहिले पुजन कार्य जारी रहेको छ । जात्रामा शान्ती सुरक्षाका लागि ७९ जना सुरक्षाकर्मी मन्दिर क्षेत्रमा खटिइएका छन् ।
मन्दिरमा पुजाआजा गर्नेहरुको विहानैदेखि भिड छ । मन्दिर परिसरमा खाजा, नास्ता, मिठाई लगायतका दर्जनौँ पसलहरु थापिएका छन् । जयपुर जात्रामा दार्चुला, बैतडी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरु दर्शन तथा जात्रा अवलोकनका लागि आइपुग्ने गरेका छन् ।
जात्राको अवसरमा लेकम गाउँपालिकाले आज गाउँपालिकाभरी स्थानीय सार्वजनिक बिदा दिएको छ । जात्रामा जाड रक्सी सेवन, बिक्रि बितरण, ओसारपसार र जुवातास खेल्न खेलाउन पुर्णतया निषेध गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया