दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सोही कसुरमा प्रकाउ परेका लीला पछाईं र रामबहादुर खनाललाई पनी १३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ ।
लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगेपछि प्रहरीले आज चौथो पटक अदालतमा उपस्थित गराएको हो । सूर्यदर्शन सहकारीको बचत रकम लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगिएको थियो ।
रास्वपाले लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया