दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा २ लाख बढी नगद सहित ८ जना जुवाडे प्रकाउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ ऐरीछनास्थित किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरधनी धामी सहित ८ जनालाई आईतवार (हिजो) नगद २ लाख ३२ हजार ३७० रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–४ का घरधनी २५ वर्षीय किसन सिंह धामी, ४० वर्षीय भवान सिंह धामी, ५१ वर्षीय ईन्द्र सिंह धामी, वर्ष ३४ का मान सिंह धामी, मालिकार्जुन गाउँपालिका–३ बस्ने ६० वर्षीय मान सिंह धामी, सोही ठाउँका ६० वर्षीय उत्तर सिंह धामी, वडा नम्बर ८ का ५१ वर्षीय गम्भिर सिंह धामी र लेकम गाउँपालिका– ५ का ५६ वर्षीय माने बोहरा रहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको टोलीले नगद २ लाख ३२ हजार ३७० रुपैयाँ र ३ गड्डी ताससहित जुवाडेहरुलाई प्रकाउ गरेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया