दुहुँमा हुने उप–निर्वाचनमा अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई

दुर्गादत्त मिश्र, दार्चुला । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप–निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । सोमवार (हिजो) बाट लागु हुने गरी ३२ जना जिल्ला न्यायाधीश विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा पनी मंसिर १६ गते रिक्त वडा अध्यक्षको लागि उप–निर्वाचन हुदैछ । आयोगले दुहुँ ५ मा हुने उप–निर्वाचनको लागि जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन गर्नुपर्ने छ ।

जिल्लास्थित राजनितिक दलहरुले पनी उप–निर्वाचनको लागि आवश्यक तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?