बैतडीको छेपट्टामा जेठानीले चिर्पटले हिर्काउँदा देवरानीको मृत्यु

दार्चुला । बैतडीमा घर झगडा हुदा जेठानीले काठको चिर्पटले हिर्काउँदा देवरानीको मृत्यु भएको छ ।

सोमबार (हिजो) राति ८ बजे जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर –२ छेपट्टाकी ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । देवरानीको हत्या गर्ने (जेठानी ) दिपालाई प्रहरीले नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफ्नै जेठानीले देवरानीको हत्या गरेपछि छेपट्टा गाउँमा सन्नाटा छाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?