दुर्गादत्त मिश्र, दार्चुला । राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मन्दिर मड तथा शिखर पूजन जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएका छन् ।
मालिकार्जुन गाउँपालिकाले कार्तिक २६ गते (हिजो) र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गर्दै शिखर पूजन जात्रा र आराध्य देव मालिकार्जुन रात्रीजात्राको अवसरमा कार्तिक २८ र २९ गते सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर उक्त क्षेत्रमा जुवातास खेल्न खेलाउन, मदिरा बिक्रि, बितरण तथा सेवनमा पुर्णतया रोक लगाएको छ । २७ गते आजबाट ३० गतेसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकासंग सिमा जोडिएका स्थानीय बजारका मदिरा पसलहरु सिल गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
जात्रामा शान्ती सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालग गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
मालिकार्जुन गाउँपालिका तथा शैैल्यशिखर नगरपालिकाले शिखर पूजन जात्रा र मालिकार्जुन रात्रीजात्राको अवसरमा सार्वजनिक विदा सम्बन्धी जारी गरेका सूचना हेर्नुहोस ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया