सय दिने अभियानको लागि कांग्रेसले खटायो दार्चुलाका नौँ वटै स्थानीय तहमा प्रतिनिधि

दुर्गादत्त मिश्र, दार्चुला । नेपाली कांग्रेस दार्चुलाले सय दिने विशेष अभियान अन्तर्गत दार्चुलाका नौँ वटै स्थानीय तहहरुमा प्रतिनिधि खटाएको छ ।

जिल्लाको व्याँस गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति मान सिंह बुढाथोकी, महासमिति सदस्य शान्ति बम, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर १ सचिव हरि जोशी, नेविसंघका केन्द्रीय सदस्य नविन जोशी र जिल्ला कार्य समितिका सम्पूर्ण व्याँस गाउँपालिका अन्तर्गतका सदस्य, दुहुँ गाउँपालिकामा महासमिति सदस्य जगदीश बहादुर पाल, पदम राज पन्त, राजमती पाल, प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव पुस्कर राज जोशी, नेविसंघ केन्द्रीय सदस्य धिरेन्द्र साउँद र दुहुँ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यलाई खटाइएको छ ।

यस्तै महाकाली नगरपालिकामा पार्टी सचिव माधव प्रसाद भट्ट, महासमिति सदस्य बाशुदेव ऐतवाल, महाधिवेशन प्रतिनिधि धिरेन्द्र साउँद, प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति बिरादत्त भट्ट, नेविसंघ केन्द्रीय सदस्य पूर्ण सिंह बोहरा र महाकाली नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरु र जेष्ठ नागरिक केन्द्रीय सदस्य चन्द्र सिंह सामन्तलाई खटाइएको छ ।

लेकम गाउँपालिकामा जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्की, महासमिति सदस्य शम्भु जोशी, महाधिवेशन प्रतिनिधि दिलिप सिंह बुढाथोकी, प्रदेश सभा क्षेत्र नम्बर १ का सभापति मन्दिर सिंह धामी, कोषाध्यक्ष लोकेन्द्र बहादुर बम, नेविसंघ केन्द्रीय सदस्य बिनोद सिंह रावल, लेकमबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य जीत बहादुर बम र महाधिवेशन प्रतिनिधि जयदेव जोशी लाई खटाइएको कांग्रेस दार्चुलाले जनाएको छ ।

यस्तै मालिकार्जुन गाउँपालिकामा सहसचिव राजेन्द्र प्रसाद जोशी, महासमिति सदस्य गणेश राज भट्ट, महाधिवेशन प्रतिनिधि यशोदा तिंकरी, प्रदेश सभा क्षेत्र नम्बर–१ का उपसभापति गोपाल सिंह कार्की, सचिव बिरु राम लुहार, नेविसंघका केन्द्रीय सदस्य एनपी जोशी, मालिकार्जुन गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य र तरुण दलका केन्द्रीय सदस्य धन सिंह धामी खटिएका छन् भने नौगाड गाउँपालिकामा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष हंसराज भट्ट, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, महाधिवेशन प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामी, महाधिवेशन प्रतिनिधि गणेश दत्त बडू, शुरेन्द्र बहादुर बम, प्रदेश सभा क्षेत्र नम्बर–२ उपसभापति डम्बर कार्की, नेविसंघका केन्द्रीय सदस्य बिनोद जोशी र नौगाड गाउँपालिकाका जिल्ला कार्य समिति सदस्य, मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंहलाई खटाइएको छ ।

मार्मा गाउँपालिकामा जिल्ला कार्य समिति सहसचिव राजु अवस्थी, महासमिति सदस्य हरक सिंह विष्ट, देवकी बोहरा, महाधिवेशन प्रतिनिधि गोकर्ण बहादुर चन्द, नेविसंघ केन्द्रीय सदस्य दिपकराज जोशी र मार्मा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य खटिदा शैल्यशिखर नगरपालिकामा जिल्ला उपसभापति महादेव बडू (कस्यप), महासमिति सदस्य सुना बोहरा, गोवर्धन कोली, महाधिवेशन प्रतिनिधि आनन्दी पन्त, प्रदेश सभा क्षेत्र नम्बर २ का सचिव ईन्द्र सिंह ठगुन्ना, नेविसंघ केन्द्रीय सदस्य गणेश खत्री र नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ ।

यस्तै अपिहिमाल गाउँपालिकामा पार्टी सभापति ललित सिंह बोहरा, महाधिवेशन प्रतिनिधि ईश्वरी जोशी, केशर भण्डारी, नेविसंघ जिल्ला कार्य समिति अध्यक्ष रमेश भट्ट र प्रदेश सभा क्षेत्र नम्बर २ का सभापति केशब बहादुर सिंह र अपिहिमाल गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ । दार्चुलामा सय दिने अभियानको कात्तिक २३ गते उद्घाटन गरिएको थियो । स्थानीय तहमा मंसिर ५ गतेदेखि कार्यक्रम सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।

जिल्लाका नौँ वटै स्थानीय तहहरुमा केन्द्रीय सदस्य देखि जिल्ला तहका नेताहरुलाई जिम्मेवारी सहित खटाइएको नेपाली काँग्रेस काँग्रेस दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?