दार्चुला । नेकपा (एमाले) दार्चुलाको चौथो विस्तारित बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला कमिटीको विस्तारित बैठकमा दार्चुला कार्यक्षेत्र भएका एमाले केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी पदाधिकारीसहित सदस्यहरू, पालिका कमिटी इन्चार्ज र अध्यक्षहरू, जनबर्गिय संगठनका जिल्ला अध्यक्षहरूको सहभागीता रहेको थियो । बैठकमा पार्टीका नियमित गतिविधिको रिपोर्टिङ गरिनुका साथै समीक्षासहित अगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने उपनिर्वाचनको तयारीका लागि एमाले केन्द्रीय सदस्य हरदेव जोशीको नेतृत्वमा सम्बन्धित भूगोलका जिम्मेवार नेताहरू समेत सहभागी हुनेगरि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ । अधिवेशन सम्पन्न गर्न बाकी रहेका वडामा एक महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरि जिम्मेवारी तोक्नुका साथै पुसभित्र सबै स्थानीय तहमा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




