हिमालहरुको सुरक्षामा सहयोग गर्न विश्व समुदायलाई राष्ट्रपति पौडेलको आह्वान

दार्चुला । अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको छ ।

सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमलहरुको सुरक्षा गर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभएको छ । हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई उहाले आह्वान समेत गर्नुभएको छ ।

पर्वतीय देशका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती देश मात्र होइन तल्लो तटीय देशलाई पनि सङ्कटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन नहुनेमा उहाले जोड दिनुभयो ।

उहाँले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत प्रस्ताव गर्नुभयो । साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?