दार्चुलामा मंसिर २ गतेबाट १२ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोप लगाइने

दुर्गादत्त मिश्र, दार्चुला । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अगामी मंसिर २ गतेदेखि १२ गतेसम्म दार्चुलामा कोरोना भाईरस विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

जिल्लाका नौँ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी ३ दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने बरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताउनुभयो ।

खोप अभियानमा स्वास्थ्यकर्मी, हालसम्म कोेरोनाविरुद्धको खोप नलगाएका १२ वर्ष माथिका सम्र्पुण नागरिक, १२ वर्षमाथिका दीर्घरोगी, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई पहिलो मात्रा नपाएको भए पहिलो मात्रा दिने र पहिलो मात्रा पाएको भए १ वर्ष पुगेको अवस्थामा दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले बताउनुभयो । यस्तै कोरोना खोप लगाएको १ वर्ष पूरा भएका १२ वर्षमाथिका नागरिक र गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइने छ ।

दार्चुलामा कोरोनाविरुद्धको फाइजर खोप लगाइने जनाइएको छ । दार्चुला जिल्लाका लागि ८ हजार ४ सय डोज खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख कुँवरले बताउनुभएको छ । सम्बन्धित उमेर समुहका नागरिकहरुलाई खोप अभियानमा सहभागि हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?