दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–७ मा अवस्थित जोलजिबीमा मंसिर १ गतेबाट सुरु हुने ऐतिहासिक जोलजिबी मेला तथा सास्कृतिक महोत्सव २०८१ को अवसरमा मालिकार्जुन गाउँपालिकाले जिल्ला स्तरीय खुल्ला गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
गाउँपालिकाको आयोजना एंव फेवरेट मिडिया प्राली दार्चुलाको सहजिकरणमा मंसिर २ गतेबाट ५ गतेसम्म जिल्ला स्तरीय खुल्ला गायन तथा नृत्य प्रतियोगिताको सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गायन तर्फ प्रथम स्थान पाप्त गर्ने प्रतियोगिलाई नगद १० हजार, द्वितिय स्थान पाप्त गर्नेलाई नगद ७ हजार र तृतीय स्थान पाप्त गर्नेलाई नगद ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।यस्तै नृत्य तर्फ पनी क्रमसः प्रथम, द्वितिय र तृतीय स्थान पाप्त गर्ने प्रतियोगिहरुलाई सोही पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागि हुन मंसिर १ गतेभित्र नाम दर्ता गर्नुपर्ने बताइएको छ ।
सन् १८७१ सालबाट भारतको उत्तराखण्डको जोलजिबीमा अस्कोटी राजा पुष्कर पालले मेलाको सुरुवात गरेको इतिहास रहेको छ । जोलजिबी मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ । विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन मालिकार्जुन गाउँपालिकाले मेला महोत्सवहरुको आयोजन गर्दै आएको छ ।
यस क्षेत्रमा कालो नुन, गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको छ । त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जोलजिबी मेला जुम्ली घोडाको लागि समेत प्रख्यात मानिन्छ ।मेलाबाट जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको स्थानीयले बताएका छन् ।
मेला अवधिभर नेपाल, भारत जोड्ने झोलुङ्गे पुल राती साढे १० बजेसम्म खुल्ला रहने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया