मालिकार्जुनमा रात्रीजात्राको रौनकता

दुर्गादत्त मिश्र, दार्चुला । मालिकार्जुन देवताका आधादर्जन बढी मन्दिरहरुमा रात्रीजात्राको रौनकता छाएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन (आज) मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा रात्रीजात्रा सुरु भएका सम्वन्धित स्थानबाट जानकारी पाप्त भएको छ ।

प्रशिद्द मालिकार्जुन मन्दिर मडमा विहान भण्डारी घरबाट भण्डार ल्याएसगै जात्रा सुभारम्भ भएको बताइएको छ । बेलूकी ६ बजेसम्म ३० जोडा वढी दमाहा बाजाका साथै हजारौ भक्तजनहरु मन्दिरमा पुगिसकेको जात्रास्थल मडबाट स्थानीय प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

अहिले पनी जिल्लाका विभिन्न क्षेत्रबाट जात्रा सहित भक्तजन आउने क्रम जारी रहेको उहाले बताउनुभयो । जात्रामा शान्ति सुरक्षाका लागि २५० वढी प्रहरी परिचालन भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रहरीद्धारा मन्दिरका दुबै प्रवेशद्धारहरुमा कडा चेकजाच समेत भइरहेको छ ।

जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिनुका साथै अर्मायादीत तथा असोभनिय कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ । यस्तै लेकम गाउँपालिकामा अवस्थित मालिकार्जुन मन्दिर मैखोली, उचाकोट, गराडी लगायतका मन्दिरहरुमा पनी रात्रीजात्रा सुभारम्भ भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?