दार्चुलाको ग्वानीमा यात्रु सवार जीप दुर्घटना चार जनाको घटनास्थलमै मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा यात्रु सवार जीप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मालिकार्जुन जात्राबाट यात्रु बोकेर गोकुलेश्वरतर्फ जादै गरेको सुनिल जोशीले चलाएको करन भण्डारीको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप शैल्यशिखर नगरपालिका वडा नम्बर–६ ग्वानी बजानी स्थित सिराड खोलामा विहान साढे चार बजेतिर दुर्घटनामा परेको हो ।

जीपमा सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानीय विनोद धामीले जानकारी दिनुभयो । मृत्तकको पहिचान भने नखुलेको बताइएको छ । घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?