मालिकार्जुन जात्रा भव्यताका साथ सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । मालिकार्जुन देवताका आधादर्जन बढी मन्दिरहरुमा लागेका रात्री जात्रा भव्यताका साथ सम्पन्न भएका छन् ।

कार्तिक शुक्ल चतुर्दशीको राती (हिजो) मालिकार्जुन मन्दिर मड, लेकमको उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी मन्दिरहरुमा लागेका रात्रीजात्रा विहान धुपदेउ गरेसगै सम्पन्न भएका सम्बन्धित मन्दिर व्यवस्थापन समितिले बताएका छन् ।

प्रशिद्द मालिकार्जुन मन्दिर मडमा विहान ५ बजेतिर धुपदेउ सगै जात्रा समापन भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । यसवर्ष मड जात्रामा १०० जोडा वढी दमाहा जात्रा आएका थिए ।

रातभरी भक्तजनहरु दमाहा बजाउदै, डेउडा खेल्दै, भजन गाउँदै रमाएका थिए । जात्रामा हजारौँ भक्तजनहरुको घुइचो थियो । यस्तै लेकमको मैखोली, उचाकोट, गराडी लगायतका क्षेत्रमा लागेका जात्रा पनी विहान धुपदेउ गरेसगै सम्पन्न भएका हुन ।

आज लेकम क्षेत्रकै अन्तिम जात्रा भगवती कुणी र पातीमा लाग्दै छ । उक्त क्षेत्रमा पनी जात्राहरुको आवश्यक तयारी पुरा भएको बताईएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?