दुर्गादत्त मिश्र, दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले बेष्ट पोलिस अफ द मन्थबाट एक जना प्रहरी हवल्दारलाई सम्मानित गरेको छ ।
सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार नारायण जैशीलाई आईतवार (आज) इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक किशोर सिंह ऐरीले एक कार्यक्रमका बिच अर्वाड सहित प्रहरी हवल्दार जैशीलाई सम्मानित गर्नुभएको हो ।
जैशीलाई कार्तिक महिनाकै उकृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जैशीलाई सम्मानित गरिएको इप्रका गोकुलेश्वरले जनाएको छ ।
यस्तै प्रहरी निरीक्षक ऐरीले सो कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट,सम्पुर्ण शाखाहरु,व्यारेक र मेशको निरीक्षण गरि आवश्यक निर्देशन दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया