बैतडीमा बन्दुक देखाएर स्थानीयलाई तर्साउने दुईजनालाई प्रकाउ गरी अनुसन्धान सुरु

दार्चुला । बैतडीमा बन्दुक देखाएर स्थानीयहरुलाई तर्साउने दुईजनालाई प्रहरीले प्रकाउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर –९ लमौताका ३६ बर्षीय तारादत्त जोशी र ४३ बर्षीय महेशदत्त जोशीलाई प्रकाउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

शुक्रबार राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरेर बन्दुक देखाएर स्थानीयहरुलाई त्रसित पारेको आरोप लागेको छ ।नागार्जुन प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति दुवै जनालाई एकनाथ भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको थियो ।

आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर दुवैजनामाथि हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । उनीहरुसंग बन्दुकको इजाजत समेत नरहेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?