दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा मंसिर १६ गते हुने रिक्त वडा अध्यक्ष पदको निर्वाचनको लागि आज मनोनयन दर्ता गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जारी गरेको सूचना अनुसार उक्त वडामा रिक्त वडा अध्यक्ष पदका लागि तीन वटा राजनितिक दलका उम्मेदवार तथा एक स्वतन्त्र गरी चार वटा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कार्यालयमा दर्ता गरिएको मनोनयन अनुसार नेकपा (एमाले) बाट मान सिंह बडाल, नेपाली कांग्रेसबाट धन सिंह कुँवर, माओवादी केन्द्रबाट वीर सिंह कार्की र एक जना स्वतन्त्र उम्मेदवार लाल वहादुर कुँवरले कार्यालयमा मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीप सिंह धामीले जानकारी दिनुभयो ।
यो संगै दुहुँ ५ मा चार वटा उम्मेदवारले चुनाव लड्ने भएका छन् । निर्वाचनमा ६४९ जना पुरुष र ६२३ जना महिला गरि कुल १ हजार २७२ जना मतदाताले मतदान गर्न पाउने छन् ।
निर्वाचनको लागि दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको छ, भने क र ख मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया